सेयर विश्लेषक भट्टराईको नयाँ कृति ‘सेयरबाट करोडपति’ सार्वजनिक

Post Date : May 26, 2016 | 6:37 am

काठमाडौँ, १२ जेठ । पुँजी बजारका अध्ययनकर्ता तथा अनुसन्धानकर्ता रवीन्द्र भट्टराईको नयाँ कृति ‘सेयरबाट करोडपति’ सार्वजनिक गरिएको छ ।

पुँजी बजारलाई बलियो बनाउन सचेत लगानीकर्ताको उपस्थिति अपरिहार्य देख्ने लेखक भट्टराई, नेपाल आर्थिक पत्रकार समाज(सेजन)का अध्यक्ष गोकर्ण अवस्थी र साहित्यकार अमर न्यौपानेले संयुक्त रुपमा सो कृतिको आज लोकापणर् गर्नुभएको हो ।

कार्यक्रममा सेजन अध्यक्ष अवस्थीले सार्वजनिक पुस्तकमाथि टिप्पणी गर्दै साना तथा सुरुमा सेयर बजारमा लगानी गर्न चाहनेलाई पुस्तक उपयोगी हुने बताउनुभयो । उहाँले पुस्तकमा सेयर बजारका विविध पक्षलाई सरल भाषामा प्रस्तुत गरिएको बताउनुभयो ।

साहित्यकार अमर न्यौपानेले प्रविधि र प्रणालीलाई अधिकतम सदुपयोग गरेर बढीभन्दा बढी आम्दानी गर्न पुस्तकले लगानीकर्तालाई प्रोत्साहन गर्ने धारणा राख्नुभयो । उहाँले साहित्यका दृष्टिकोणबाट पनि पुस्तक उत्कृष्ट भएको टिप्पणी गर्नुभयो ।

पुस्तकबारे लेखक भट्टराईले पुँजी बजारलाई विस्तार गर्नका लागि आफूले पुस्तक लेखेको उल्लेख गर्दै आम लगानीकर्तालाई सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

भट्टराईका सेयरबारे १० पुस्तक प्रकाशित भएका छन् । व्यवस्थापन सङ्कायको वित्त तथा लगानी विषयका स्नातकोत्तर भट्टराईले त्रिभुवन विश्वविद्यालय, शङ्करदेव क्याम्पसमा १३ वर्षदेखि लगानी व्यवस्थापन विषयमा अध्यापन गराउँदै आउनुभएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *