सेवा विकास बैंकको १६ औँ शाखा रामपुरमा

Post Date : March 12, 2017 | 10:14 am

पाल्पा, २९ फागुन । सेवा विकास बैंकले पाल्पाको रामपुर–८, बेझाङमा १६ औँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, आन्तरिक लेखापरीक्षण विभागका कायममुकायम कार्यकारी निर्देशक बासुदेव अधिकारीले गर्नु भएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को पुस मसान्तसम्म ५ अर्ब ४१ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन र ४ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरी ७ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको निस्क्रिय कर्जा शून्य दशमलब ९६ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ५० करोड ६४ लाख रुपैयाँ छ भने जगेडा कोषमा १८ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *