सेवा विकास बैंकको १७ औँ शाखा वालिङमा

Post Date : May 22, 2017 | 7:38 pm

स्याङ्जा, ८ जेठ । सेवा विकास बैंकले स्याङ्जाको वालिङमा १७ औँ शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन बैंकका अध्यक्ष भीमप्रसाद तुलाचनले गर्नु भएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासमा ५ अर्ब ३४ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन र ४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह गरी १३ करोड ६ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । सोही अवधिमा बैंकको चुक्ता पूँजी ९४ करोड १८ लाख ६१ हजार रुपैयाँ छ भने २३ करोड ५७ लाख ८१ हजार रुपैयाँ जगेडा कोषमा रहेको छ । निस्क्रिय कर्जा भने ०.९४ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *