सेवा विकास बैंकले १२ लाख ६१ हजार ७ सय ७८ कित्ता हकप्रद शेयर लिलाम गर्ने

Post Date : February 16, 2017 | 10:48 pm

काठमाडौँ, ५ फागुन । सेवा विकास बैंकले हकप्रद शेयर निष्काशनको बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा संस्थापक समूहतर्फ १० लाख ४० हजार १ सय ७१ कित्ता र सर्वसाधारण समूहतर्फ २ लाख २१ हजार ६ सय ७ कित्ता गरी जम्मा १२ लाख ६१ हजार ७ सय ७८ कित्ता शेयरको लागि आवेदन नपरेकोले २०७३ फागुन १७ गतेदेखि २०७३ फागुन २३ गतेसम्म लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । शेयरको न्यूनतम मूल्य प्रति कित्ता १ सय रुपैयाँ तोकेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौँ रहेको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासिकसम्ममा ५ अर्ब ४१ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन र ४ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरी ७ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

बैंकको हाल चुक्ता पूँजी ५० करोड ६४ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा १८ करोड ५४ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *