सोलार पम्पसेटबाट सिँचाइ

Post Date : June 27, 2016 | 6:38 pm

पथरी (मोरङ), १३ असार । मोरङको अमाही बरियातीमा सोलार पम्पसेट जडान गरी सिँचाइ सुरु गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालयको रु चार लाख र जीवन विकास समाजको रु २६ लाखको लागतमा सो ठाउँमा ४० वटा सौर्य प्यानल जडान गरेर पानी तान्न सुरु गरिएको छ । अमाही कृषि सहकारी संस्थाका अध्यक्ष्य विशन मण्डलका अनुसार सिँचाइ गर्न समस्या भएपछि स्थानीय बासिन्दाको मागअनुसार सोलारबाट पानी तान्ने मेसिनको जडान गरिएको हो ।

चालिस जना सेयर सदस्य रहेको सो सहकारीबाट निर्माण भएको सोलार पम्पले ५० बिगाहा जग्गा सिञ्चित गर्न सकिने छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजेन्द्र उप्रेतीले ठूला र साना गरेर जिल्लाका चार स्थानमा सौर्य प्यानलबाट किसानले सिँचाइ गरिरहेका छन् । सोलार पम्पसेट जडानपछि किसान हर्षित भएका छन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *