सोसाइटी डेभलपमेन्ट बैंकको विशेष साधारण सभा

Post Date : May 3, 2016 | 1:15 pm

सोसाइटी डेभलपमेन्ट बैंकको विशेष साधारण सभा आज मंगलबार भइरहेको छ । भिबोर विकास बैंकसँग मर्ज गर्नको लागि विशेष साधारण सभा गरिएको हो । दुवै बैंक मर्ज गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले २०७२/१२/२६ मा सैद्धान्तिक सहमति प्राप्त भएको थियो । दुवै बैंकको शेयर आदान प्रदान अनुपात (Share Swap Ratio) १ बराबर १ तय भएको छ । दुवै बैंक मर्ज भएपछि चुक्ता पूँजी १ अर्ब ८१ करोड ५० लाख रुपैया हुनेछ । त्यस्तै कुल निक्षेप परिचालन करिब ११ अर्ब ८६ करोड रुपैया तथा कर्जा लगानी ९ अर्ब ५४ करोड रुपैया हुनेछ ।

One thought on “सोसाइटी डेभलपमेन्ट बैंकको विशेष साधारण सभा

  • This event shall further strengthen the financial sector of Nepal with large scale operation of Development Bank.

Leave a Reply

Your email address will not be published. Required fields are marked *