“सोसियल पर्फमेन्स कन्ट्री रिपोर्ट” विषयक कार्यशाला गोष्ठी

Post Date : June 19, 2016 | 4:56 pm

काठमाडौं । सेन्टर फर माइक्रोफाइनान्सको (सिएमएफ) लघुवित्त क्षेत्रमा सामाजिक प्रभावकारिता, लघुवित्त क्षेत्रको हालसम्म प्राप्त उपलब्धि, अनुकरणीय अभ्यास र भावी दिनमा अवलम्बन गर्नु पर्ने रणनीति लगायतका विषयमा एकदिने “सोसियल पर्फमेन्स कन्ट्री रिपोर्ट” विषयक कार्यशाला गोष्ठी गरेको छ ।

कार्यशालामा सेन्टर फर माइक्रोफाइनान्सका अध्यक्ष गणेश बहादुर थापा, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, प्रा. विनोद आत्रेय, सिएमएफ नेपालका प्रमुख कार्यकारी अधिकृत डा. हरिहर आचार्य र स्रोत व्यक्ति कातार्जिना पाउलक लगायतले लघुवित्त क्षेत्रका सामाजिक प्रभावकारिताको महत्व र यसलाई मापन गर्न सक्ने विधि मापदण्डको बारेमा चर्चा गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *