‘स्कुल बैंक’ कार्यक्रम सुरु

Post Date : June 23, 2017 | 6:31 pm

लमजुङ (बेँसीसहर), ९ असार । लमजुङका विभिन्न विद्यालयमा ‘स्कुल बैंक’ कार्यक्रम सुरु भएको छ ।

विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गर्न तथा बचत गर्ने बानीको विकास गराउन ‘स्कुल बैंक’ कार्यक्रम सुरु गरिएको हो ।

फिनलिट नामक संस्थाले नविल बैंकको सहकार्यमा सुरु गरिएको सो कार्यक्रमअन्तर्गत पहिलो चरणमा बैकको उपयोगिता, बचतबाट हुने फाइदा र निक्षेपका बारेमा विद्यार्थीलाई अभिमुखीकरण गरी खुत्रुके वितरण गरिएको संस्थाका निर्देशक प्रकाश कोइरालाले बताउनुभयो ।

उहाँका अनुसार, खुत्रुकेमा जम्मा भएको रकमलाई प्रत्येक महिना नविल बैंकमा जम्मा गर्ने सम्झौता भएको छ । यो कार्यक्रमबाट विद्यार्थीमात्र नभई अभिभावकलाई पनि वित्तीय साक्षरता प्राप्त हुने र फजुल खर्च नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिएको कोइरालाले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *