स्टान्डर्ड चार्टर्ड बैंक एफपिओ निष्काशनको अनुमतिको लागि पुग्यो धितोपत्र बोर्ड

Post Date : January 26, 2017 | 2:44 pm

काठमाडौँ, १३ माघ । स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड थप नयाँ शेयर एफपिओ (फरदर पब्लिक अफरिङ) निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । बैंकले यसअघि नै एनएमबी क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

बैंकले प्रति कित्ता एकसय रुपैयाँमा एकहजार एकसय नब्बे रुपैयाँ प्रिमियम थप गरी एकहजार दुईसय नब्बे रुपैयाँका दरले एफपिओ निष्काशन गर्न लागेको हो ।

बैंकले संचालक समूहको शेयर स्वामित्व हटाई एफपिओ जारी गर्न लागेको हो । बैंकले २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपिओ मार्फत ३ अर्ब ३० करोड रुपैयाँ पूँजी संकलन गर्न लागेको हो ।

बैंकले चुक्ता पूँजी २ अर्ब ८१ करोड २४ लाख २६ हजार रुपैयाँमा गत आर्थिक वर्ष २०७२।७३ को मुनाफाबाट ३३ प्रतिशत बोनस शेयर वितरण गरी ३ अर्ब ७४ करोड ५ लाख रुपैयाँ चुक्ता पूँजी पुरयाएको छ ।

नयाँ शेयर एफपिओ निष्काशन पछि चुक्ता पूँजीमा २५ करोड रुपैयाँ थप भई चुक्ता पूँजी करिब ४ अर्ब रुपैयाँ पुग्नेछ । त्यस्तै जगेडा ३ अर्ब ७५ करोड रुपैयाँ थप भई ८ अर्ब ८६ करोड रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *