स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ फागुनमा आउँदै

Post Date : January 15, 2017 | 2:17 pm

काठमाडौँ, २ माघ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमटेडले आउँदो फागुन महिनासम्म प्रति कित्ता एकहजार दुईसय नब्बे रुपैयाँ (प्रिमियम समेत) मा फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्काशन गर्ने भएको छ । बैंकले संस्थापक समूहको शेयर स्वामित्व घटाई एफपीओ जारी गर्न लागेको हो ।

बैंकले २५ लाख ५८ हजार १ सय ४० कित्ता शेयर एफपीओमार्फत बिक्री गरी ३ अर्ब ३० करोड रुपैयाँ पूँजी संकलन गर्ने जनाएको छ ।

बैंकको चालु आर्थिक वर्ष २०७३।७४ को पहिलो त्रैमासिकसम्म चुक्ता पूँजी २ अर्ब ८१ करोड २४ लाख २६ हजार रुपैयाँ रहेको छ । त्यस्तै जगेडा कोषमा ५ अर्ब ११ करोड ५ लाख १४ हजार रुपैयाँ रहेको छ । यस अवधिमा बैंकले ३४ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आ.व. २०७२।७३ को मुनाफाबाट शेयरधनीलाई ३३ दशमलब ३३ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *