स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाजिम्पाट शाखाबाट अत्याधुनिक बैंकिङ्ग सेवा

Post Date : May 22, 2016 | 11:05 am

काठमाडाैं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले लाजिम्पाट शाखाबाट अत्याधुनिक बैंकिङ्ग सेवा सुरु गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र नेपालका लागि बेलायती राजदुत रिचार्ड मोरिसले संयुक्त रुपमा गर्नु भएको छ ।
शाखामा बैंकले वाईफाई जोन, इन्टरएक्टिभ आइप्याड सोलुसन, अटोमेट चेक डिपोजिट मेसिन लगायत सुविधा थप गरेको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानोसले उक्त शाखाबाट अन्तर्राष्ट्रिय सेवा दिने बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *