स्ट्यान्डर्ड चार्टर्ड बैंकको एफपिओ बाँडफाँड

Post Date : May 11, 2017 | 8:55 am

काठमाडौँ, २८ वैशाख । स्ट्यान्डर्ड चार्टर्ड बैंकले थप निष्काशन (एफपिओ) शेयर बाँडफाँड गरेको छ । शेयर बाँडफाँड १ सय ४० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट बाँडफाँड गरिएको जनाइएको छ । गोला प्रथामा परेका आवेदनकर्ताले १०/१० कित्ता शेयर पाएका छन् । त्यस्तै १ सय ५० देखि १ सय ६० कित्ता आवेदन दिनेले ६.३८ प्रतिशतका दरले बाँडफाँड गरिएको छ । यस अनुसार १ सय ७० कित्ता शेयर आवेदन दिनेले ११ कित्ता शेयर पाएका छन् । त्यस्तै सबैभन्दा बढी २५ हजार ५ सय ८० कित्ता आवेदन दिने १ हजार ६ सय ३० कित्ता शेयर पाएका छन् । बैंकको एफपिओमा नपरेका आवेदकहरूको रकम २०७४ जेठ १ गतेदेखि फिर्ता दिने एनएमबी क्यापिटलले जनाएको छ ।

बैंकले २०७३ चैत १ गतेदेखि ४ गतेसम्म प्रति शेयर रु.१००।– मा १ हजार १ सय ९० रुपैयाँ प्रिमियम थप गरी १ हजार २ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार १ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो । उक्त एफपिओको लागि २ लाख २३ हजार ३ सय ८ आवेदन परेको थियो । जसमध्ये १ लाख ३८ हजार ३ सय ९२ कागजी (नगद, चेक) रूपमा र ८४ हजार ९ सय १६ वटा आवेदन आस्बा प्रणालीद्वारा आवेदन परेको थियो । उक्त एफपिओका लागि ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार ५ सय ४० रुपैयाँ बराबरको आवेदन परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *