स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद मुनाफा ३४ करोड ९४ लाख

Post Date : November 16, 2016 | 12:52 pm

काठमाडौँ, १ मंसिर । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७३।७४ को पहिलो त्रैमासिकमा ३४ करोड ९४ लाख २४ हजार रुपैया खुद मुनाफा गरेको छ । बैंकले गत आ.व.२०७२।७३ को यसै अवधिमा ३४ करोड ५२ लाख ४५ हजार रुपैया खुद मुनाफा गरेको थियो ।

बैंकले चालु आ.व.को असोज मसान्तसम्म ५७ अर्ब ४१ करोड २८ लाख रुपैया निक्षेप संकलन र ३२ अर्ब ३९ करोड १२ लाख रुपैया कर्जा प्रवाह गरेको छ । त्यस्तै २३ अर्ब ५ करोड ४३ लाख रुपैया लगानी गरेको छ । बैंकको निस्क्रीय कर्जा भने शून्य दशमलब ३१ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *