स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको दोस्रो त्रैमासमा ७४ करोड १ लाख रुपैयाँ खुद मुनाफा

Post Date : February 9, 2017 | 11:52 am

काठमाडौँ, २७ माघ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्म (दोस्रो त्रैमास) ६१ अर्ब ९८ करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन र ३५ अर्ब १० करोड ६९ लाख रुपैयाँ कर्जा प्रवाह गरी ७४ करोड १ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । त्यस्तै बैंकले १९ अर्ब ७३ करोड ४४ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा शून्य दशमलब २६ प्रतिशत रहेको छ ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ७४ करोड ९९ लाख १ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ५१ करोड ४४ लाख २० हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *