स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाललाई धितोपत्र बोर्डबाट १२९० रुपैयाँमा एफपिओ निष्काशन अनुमति

Post Date : February 14, 2017 | 4:22 pm

काठमाडौँ, ३ फागुन । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाललाई एफपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बैंकले १ सय रुपैयाँ अंकित दरको शेयरमा १ हजार १ सय ९० रुपैयाँ प्रिमियम थप गरी जम्मा १ हजार २ सय ९० रुपैयाँमा एफपिओ जारी गर्न लागेको हो ।

बैंकले २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपिओ जारी गर्ने छ । एफपिओबाट बैंकको पूँजीमा २५ करोड रुपैयाँ थपिनेछ । प्रिमियमबापत उठ्ने बाँकी ३ अर्ब ४ करोड रुपैयाँ जगेडा कोषमा रहनेछ । बैंकको अहिले चुक्ता पूँजी २ अर्ब ८१ करोड रुपैयाँ छ ।

गत आर्थिक वर्ष २०७२।७३ को खुद मुनाफाबाट ३३ प्रतिशत बोनस शेयर वितरण गर्दा ९३ करोड ३७ लाख रुपैयाँ थपिएर ३ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ । एफिओबाट आउने साढे २५ करोड रुपैयाँ थपिँदा बैंकको चुक्ता पूँजी करिब ४ अर्ब रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *