स्ट्यान्डर्ड चार्टर्ड बैंकले चिपमा आधारित इएमभी डेबिट कार्डको शुरुवात

Post Date : March 11, 2017 | 1:06 pm

काठमाडौँ, २८ फागुन । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले चिपमा आधारित इएमभी डेबिट कार्डको शुरु गरेको छ । यो नयाँ डेबिट कार्डले नेपाल तथा भारतका ATM तथा POS मेशीनमा प्रयोग गर्न सकिनेछ । यो कार्ड ग्राहकहरूका लागि सुरक्षित एवं लाभदायक हुनेछ ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकमा ६१ अर्ब ९८ करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन र ३५ अर्ब १० करोड ६९ लाख रुपैयाँ कर्जा प्रवाह गरी ७४ करोड १ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यसै अवधिमा बैंकको निस्क्रिय कर्जा शून्य दशमलब २६ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ३ अर्ब ७४ करोड ९९ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *