स्ट्यान्डर्ड चार्टर्ड बैंकको एफपीओमा झन्डै १२ गुणा बढी आवेदन

Post Date : March 20, 2017 | 11:52 am

काठमाडौँ, ७ चैत । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले निष्काशन गरेको एफपीओ (फर्दर पब्लिक अफर) मा ११ दशमलब ५७ गुणा बढी आवेदन परेको छ ।

बैंकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपीओ निष्काशन गरेको थियो प्रति कित्ता रु.१००।– अंकित मूल्यमा १ हजार १ सय ९० रुपैयाँ थप गरी प्रति कित्ता १ हजार २ सय ९० रुपैयाँमा २०७३ चैत १ गतेदेखि ४ गतेसम्म बिक्री खुल्ला गरेको थियो ।

उक्त शेयरका लागि ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार ५ सय ४० रुपैयाँ बराबरको आवेदन परेको हो ।

एफपीओका लागि २ लाख २३ हजार ३ सय ८ आवेदन परेका थिए । तीमध्ये १ लाख ३८ हजार ३ सय ९२ कागजी (नगद, चेक) रूपमा र ८४ हजार ९ सय १६ वटा आवेदन आस्बा प्रणालीमार्फत आवेदन परेको जनाइएको छ ।

आस्बा प्रणालीमार्फत २४ अर्ब ५२ करोड ८ लाख ११ हजार ६ सय ८० रुपैयाँ र भौतिक रूपमा १३ अर्ब ६८ करोड ८६ लाख ८१ हजार ८ सय ६० रुपैयाँ शेयरको लागि आवेदन परेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *