स्ट्यान्डर्ड चार्टर्ड बैंकको एफपिओ चाँडै बाँडफाँड गर्न सेबोनको निर्देशन

Post Date : April 23, 2017 | 8:36 am

काठमाडौँ, १० वैशाख । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडलाई चाँडै एफपिओ बाँडफाँड गर्न निर्देशन दिएको छ । सेबोनले हालको बजारमा तरलता अवस्थालाई दृष्टिगत गरी शेयर निष्काशन बन्द भएको ५० दिनभित्र बाँडफाँड गर्न निर्देशन दिएको हो ।

बैंकले प्रति कित्ता १ हजार २ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार १ सय ४० कित्ता नयाँ शेयर निष्काशन गरेको थियो । बैंकको एफपिओमा २ लाख २५ हजार लगानीकर्ताले करिब ३८ अर्ब रुपैयाँ बराबरको रकम फिर्ता पाउनेछन् । यसले लगानीकर्ताको रकम फिर्ता भई बजारमा तरलताको असहज स्थितिलाई सहज बनाउन मद्दत पुग्ने सेबोनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *