स्पर्स लघुवित्तको २ करोड ४० लाख कित्ता साधारण शेयर निष्काशनका लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Post Date : March 28, 2018 | 7:11 am

काठमाडौँ, १४ चैत । स्पर्स लघुवित्त वित्तिय संस्था लिमिटेडले २,४०,००,००० रुपैंया वरावरको २,४०,००० कित्ता साधारण शेयर (कर्मचारीहरु समेत) सर्वसाधारणमा निष्काशन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । सो क्रममा स्पर्स लघुवित्त वित्तिय संस्था लिमिटेडका तर्फबाट श्री सजल खड्का र सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । हाल वित्तिय संस्थाको चुक्ता पूँजी रु. ५ करोड ६० लाख रहेको छ भने यस सार्वजनिक निष्काशन पश्चात वित्तिय संस्थाको चुक्ता पूँजी रु. ८ करोड हुनेछ । हाल वित्तिय संस्थाले १० वटा जिल्लामा १५ वटा शाखा मार्फत करिब ६५०० सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *