स्पेनलाई हराउँदै इटाली युरो २०१६ को क्वाटरफाइनलमा प्रवेश

Post Date : June 27, 2016 | 11:50 pm

फ्रान्स, १३ असार । युरो २०१६ प्रिक्वाटरफाइनल अन्तर्गत भएको इटाली र स्पेनको खेलमा इटालीले २–० जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खेलको १०औं मिनेटमा इटालीका पेलेले हानेको बल स्पेनका गोलकिपर डि गियाले बचाउन सफल भयो । इटालीका गिएस्सेरिनीले १५औं मिनेटमा हानेको साइकल किकलाई स्पेनका गोलकिपर फेरी पनि बचाउन सफल भयो ।

italy2

खेलको ३३औं मिनेटमा इटालीका ईडरले प्रहार गरेको फ्रि किक बललाई स्पेनका गोल्कीपरले रोकेर फर्केको बललाई इटालीका अर्का खेलाडी चिएलिनीले गोलमा परिणत गरे ।

italy3

पहिलो हाफको ४५औं मिनेटमा इटालीका गिएस्सेरिनीले स्पेनका डिफेन्डरहरूलाई छक्याउँदै हानेको एकदमै सशक्त प्रहारलाई स्पेनका गोलकिपरले पन्च गरेर गोल हुनबाट जोगाए ।

पैँतालिस मिनेटको पहिलो हाफमा इटालीले स्पेनका विरुद्ध दबाब बनाइ राखेको थियो । इटालीले हानेको ५–६ वटा अनटार्गेट बललाई स्पेनका गोल्किपरले बचाएको थियो भने एउटा बल पोलमा ठोक्किएर फर्किएको थियो ।

दोस्रो हाफको ५६औं मिनेटमा इटालीका ईडरले वन–अन–वनमा प्रहार गरेको बल स्मेनका गोल्किपर डि गियाले बचाए ।

italy5

खेलको ७७औं मिनेटमा स्पेनका पिकेले प्रहार गरेको सशक्त प्रहार इटालीका गोलकिपर बफोनले पन्च गरेर बचाएका थिए । त्यस्तै ७९औं मिनेटमा स्पेनका इनिस्टाले हानेको बल पनि इटालीका गोलकिपरले रोको थियो ।

spain1

नब्बेऔं मिनेटमा स्पेनका पिकेले प्रहार गरेको बल इटालीका गोलकिपरले गोल हुनबाट बचाएको थियो ।

निर्धारित ९० मिनेट सकिएर थप गरेको एक मिनेटमै इटालीका पेल्लेले गोल गरी इटालीलाई २–० को अग्रता दिलाए । यससँगै इटालीले स्पेनलाई २-० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलमा इटालीले जर्मनी प्रतिद्वन्दी पाएको छ ।

italy6

Leave a Reply

Your email address will not be published. Required fields are marked *