स्वदेशी लघुवित्तको प्राथमिक शेयर निष्काशन झण्डै ३ अर्ब रुपैयाँको आवेदन

Post Date : April 13, 2017 | 8:31 am

काठमाडौँ, ३१ चैत । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले रु.१००।– अंकित मूल्यको २ लाख ७३ हजार कित्ता बराबर २ करोड ७३ लाख रुपैयाँको प्राथमिक शेयर निष्काशनको आवेदन खुल्ला गरेकोमा यही चैत ३० गते बुधबारसम्ममा आस्बा प्रणालीमार्फत १ अर्ब ६ करोड रुपैयाँ र पुरानै शैलीमा १ अर्ब ७३ करोड रुपैयाँ बराबर २ अर्ब ७९ करोड रुपैयाँको आवेदन परेको एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।

शेयरको लागि आस्बा प्रणालीमार्फत २३ हजार ६ सय ५७ र पुरानै शैलीमा ५७ हजार ३ सय आवेदन परेको छ । लगानीकर्ता (निवेदनक) ले पुरानै शैलीमा धेरै आवेदन दिएका छन् । २०७३ माघ महिनादेखि आस्बा प्रणाली लागू भएकोमा आस्बा शुल्क महँगो भएकोले यसतर्फ लगानीकर्ता आकर्षित नभएको देखिन्छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३ को दोस्रो संशोधनमा शुल्क रु.२५०।– बाट घटाएर रु.१००।– गरे पनि लगानीकर्ताले महँगो भएको कारण पुरानै शैलीमा आवेदन आकर्षित भएको पनि हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *