स्वावलम्बन लघुवित्त विकास बैंकको थप रेमिट्यान्स सेवा

Post Date : October 1, 2016 | 4:48 pm

काठमाडौं, १५ असोज । स्वावलम्बन लघुवित्त विकास बैंक लिमिटेड र वेष्टर्न युनियन मनि ट्रान्सफरबीच रेमिट्यान्स सेवा संचालन सम्झौता सम्पन्न भयो । वेष्टर्न युनियन मनि ट्रान्सफरको प्रतिनिधि संस्था नबिल बैंक लिमिटेड र स्वावलम्बन लघुवित्तबीच यस प्रकारको मनि ट्रान्सफर सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा नबिल बैंक रेमिट्यान्स विभागका प्रमुख बुद्धिराम शर्मा र स्वावलम्बन लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश मान प्रधानले एक समारोहबीच हस्ताक्षर गर्नुभयो ।

सम्झौतापछि स्वावलम्बन लघुवित्त विकास बैंकको शाखाबाट रकम स्थानान्तरण गर्न साथै विदेशबाट “वेष्टर्न युनियन” मार्फत पठाएको रकम सबै शाखाबाट प्राप्त गर्न सकिने छ । हाल यसका नेपाल्भर ११२ वटा शाखा कार्यालयहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *