स्वीट्जरल्याण्डलाई हराउँदै पोल्याण्ड युरो कप २०१६ को क्वाटरफाइनलमा प्रवेश

Post Date : June 25, 2016 | 9:42 pm

फ्रान्स, ११ असार । युरो कप २०१६ अन्तर्गत आज सुरु भएको प्रिक्वाटरफाइनलको पहिलो खेल स्वीट्जरल्याण्ड र पोल्याण्डबीचको खेलमा ३९औं मिनेटमा पोल्याण्डका ग्रोसिकीले दिएको पासको सदुपयोग गर्दै ब्लास्जकोस्कीले गोलमा परिणत गरे । खेलको ५५औं मिनेटमा स्वीट्जरल्याण्डका स्कारले पहेंलो कार्ड पाएको थियो भने ५७औं मिनेटमा पोल्याण्डका जेडजस्जीकले पहेंलो कार्ड पाएको थियो ।

switzerland poland2

एक गोलले पछि परेको स्वीट्जरल्याण्डले निकै आक्रामक खेल प्रस्तुत गर्दै ८२औं मिनेटमा शाकिरीले गोल गरेर खेललाई बराबरीमा ल्याई पुरयायो । खेल १–१ गोलको बराबरी पश्चात ३० मिनेटको समय थपिएको थियो । थप गरेको ३० मिनेटको खेलमा पहिलो हाफमा कुनै पनि गोल हुन सकेन । त्यस्तै दोस्रो हाफको निकै रोमाञ्चक खेलमा पनि कुनै पनि गोल हुन नसकी खेल टाइब्रेकर (पेनाल्टी सुटआउट) मा परिणत हुन पुग्यो ।

switzerland poland3

टाइब्रेकरमा पोल्याण्डले ४ का विरुद्ध ५ गोल गरेर खेल जितेको छ । यससँगै पोल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा पोल्याण्डले सबै पाँच गोल गरे भने स्वीट्जरल्याण्डले एउटा पेनाल्टी हानेको बल आउट गरेको थियो ।

switzerland poland4

Leave a Reply

Your email address will not be published. Required fields are marked *