स्वीडिस क्रोनर १०० र ५०० को नोट चलनचल्तीबाट हट्ने, राष्ट्र बैंकद्वारा जेठ २८ भित्र सटही गर्न आह्वान

Post Date : June 5, 2017 | 6:43 pm

काठमाडौँ, २२ जेठ । स्वीडेनको केन्द्रीय बैंक Riks bank ले ३ अक्टुवर २०१६ भन्दा अघि जारी गरेका २००१ सिरिजका Swedish Kroner १०० र ५०० दरका बैंक नोटहरु चलन चल्तीबाट हटाउने भएको छ ।

आफूसँग भएका त्यस्ता नोटहरु मिति २०७४।०२।२८ गतेभित्र नेपाल राष्ट्र बैंकको बैकिङ् कार्यालय थापाथली, काठमाडौँबाट सटही गरी सक्नु पर्ने नेपाल राष्ट्र बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । आगामी जेठ २८ उप्रान्त त्यस्ता नोटहरु नेपाल राष्ट्र बैंकले सटही नगर्ने व्यहोरा समेत प्रेस विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *