हिमालयन जनरल इन्स्योरेन्सले ६४ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दै

Post Date : April 6, 2017 | 8:10 am

काठमाडौँ, २४ चैत । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ६४ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमतिका लागि आवेदन दिएको छ । कम्पनीले एक बराबर १.६६ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

कम्पनीले चालु आ.व.को दोस्रो त्रैमासिकसम्म ४ करोड ३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ भने चुक्ता पूँजी ३८ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *