हिमालयन पावर पार्टनरको शेयरमा ८ अर्ब २० करोड रुपैयाँको अवेदन

Post Date : June 21, 2017 | 3:20 pm

काठमाडौँ, ७ असार । हिमालयन पावर पार्टनर लिमिटेडको साधारण शेयरमा ८ अर्ब २० करोड ८३ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको आवेदन परेको छ । हिमालयन पावर पार्टनरले रु.१००।– अंकित दरका २१ लाख ३० हजार ८ सय ३४ कित्ता बराबर २१ करोड ३० लाख ८३ हजार ४ सय रुपैयाँको शेयर निष्काशन गरेको थियो । जसमध्ये ४२,६१७ कित्ता शेयर कर्मचारीको लागि र १,०६,५४२ कित्ता शेयर म्युचुअल फण्डका लागि छुट्याइएको छ ।

शेयर खरिदका लागि १ लाख ५९ हजार ७ सय ७ आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

उक्त साधारण शेयरमा १ लाख ८ हजार ५ सय ८० जनाले आस्बा प्रणाली मार्फत ६ अर्ब २७ करोड ९८ लाख १४ हजार ६ सय रुपैयाँ बराबरको आवेदनमा परेको छ भने परम्परागत प्रणालीबाट ५१ हजार १ सय २७ जनाको आवेदनबाट १ अर्ब ९२ करोड ८४ लाख ९२ हजार ९ सय रुपैयाँको लागि आवेदन परेको छ ।

हिमालयन पावर पार्टनर लिमिटेडले चिती गाविस, लमजुङमा २७ मेगावाट क्षमताको दोर्दी खोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । यस प्रोजेक्टबाट विद्युत उत्पादन २०७५ साल जेठ महिनामा लक्ष लिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *