हिमालयन पावर पार्टनरको साधारण शेयर निष्काशन

Post Date : January 22, 2017 | 2:23 pm

काठमाडौँ, ९ माघ । हिमालयन पावर पार्टनर लिमिटेडको रु. १००।– अंकित दरका १० लाख ६५ हजार ४ सय १७ कित्ता साधारण शेयर माघ १७ गतेदेखि निष्काशन गर्ने भएको छ ।

उक्त निष्काशित शेयर मध्ये ५ लाख ३२ हजार ७ सय ९ कित्ता आयोजना प्रभावित क्षेत्र लमजुड जिल्लाका बासिन्दा र आयोजना संरचना रहेको अति प्रभावित क्षेत्र चिती, ढोडेनी, बन्सर, नौभर, श्रीभञ्ज्याङ र अर्चलेबोट गाविसका बासिन्दाको लागि बाँडफाँड गर्ने गरी निष्काशन गर्ने भएको हो । त्यस्तै बाँकी ५ लाख ३२ हजार ७ सय ९ कित्ता लमजुङ जिल्लाका सम्पूर्ण बासिन्दाको लागि छुट्याइएको हो ।

यो साधारण शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ८५ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *