हिमालयन बैंकको बिक्री नभएको हकप्रद शेयरको लिलाम बढाबढ

Post Date : March 7, 2017 | 9:19 am

काठमाडौँ, २४ फागुन । हिमालयन बैंकले हकप्रद शेयर निष्काशनको लागि बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा सर्वसाधारण समूहतर्फको १ लाख ४५ हजार ४ सय ८० कित्ता शेयरको आवेदन नपरेकोले लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । हकप्रद शेयरको न्यूनतम मूल्य प्रति शेयर रु १००/- तोकिएको हुँदा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा माथि १० ले भाग जाने संख्यामा अधिकतम निष्काशन गर्न लागेको संख्यासम्मको लागि आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *