हिमालयन बैंकद्वारा ‘न्यु चिल्ड्रेन्स होम’ का बालबालिकालाई सहयोग

Post Date : March 11, 2017 | 12:36 pm

काठमाडौँ, २८ फागुन । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौँ–३, हात्तीगौंडास्थित ‘न्यु चिल्ड्रेन्स होम’ का बालबालिकालाई सहयोग प्रदान गरेको छ । बैंकले उक्त चिल्ड्रेन्स होमका बालबालिकालाई भाँडाकुडा, ग्यास सिलिण्डर, ग्यास चुल्हो, कराई, प्रेसरकुकर, डेक्ची, चम्चा, चामल, दाल, खाने तेल, चिउरा, चिनी, पिठो, बिस्कुट आदि सहयोग गरेको छ ।

बैंकका महाप्रबन्धक सुशील जोशीले सहयोग सामग्री हस्तान्तरण गर्नु भएको छ ।

देशका विभिन्न स्थानका ३० जना गरिब तथा असहाय बालबालिकालाई ‘न्यु चिल्ड्रेन होम्स’ ले आश्रय दिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *