हिमालयन बैंकद्वारा मैतीदेवी मन्दिरमा ८ थान सिसिटिभि क्यामरा सहयोग

Post Date : June 29, 2017 | 1:37 pm

काठमाडौँ, १५ असार । हिमालयन बैंकले काठमाडौँको मैतीदेवी मन्दिरमा ८ वटा उच्च क्षमतायुक्त सिसिटिभि क्यामरा जडानका लागि सहयोग गरेको छ । बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले सिसिटिभि सम्बन्धी उपकरणहरू मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य–सचिव दर्शन महतोलाई हस्तान्तरण गर्नु भएको छ । बैंकले ऐतिहासिक एवं धार्मिक सम्पदाहरूको सहयोग पुरयाउने उद्देश्यले सहयोग गरेको जनाएको छ ।

सो ८ वटा सिसिटिभि क्यामराबाट रेकर्डिङ भएका चौबिसै घण्टाको गतिविधिलाई १८ दिनसम्म सुरक्षित राख्न सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *