हिमालयन बैंकले ७ कित्ता साधारण शेयर बराबर १ कित्ता हकप्रद शेयर बिक्री खुल्ला

Post Date : October 21, 2016 | 10:48 am

काठमाडौं, ५ कार्तिक । हिमालयन बैंकले हाल कायम चुक्ता पूँजी ४ अर्ब ४९ करोड ९१ लाख ४५ हजार रुपैयाको सात शेयर बराबर एक शेयर (७ः१) को अनुपातमा रु. १००/– अंकित दरका ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद शेयर मिति २०७३ कार्तिक २६ गतेदेखि २०७३ मंसिर ३० गतेसम्म बिक्री खुल्ला गरेको छ ।

शेयरधनीहरूले उक्त अवधिसम्म हिमालयन बैंकको कमलादी शाखा बाहेक सम्पूर्ण शाखा कार्यालयहरू र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नया बानेश्वर, काठमाडौंमा रकमसाथ आवेदन बुझाउन सकिने जनाएको छ ।

बैंकले आ.व. २०७२/७३ मा ८७ अर्ब ३२ करोड ३१ लाख रुपैया निक्षेप संकलन, ६९ अर्ब १० करोड ८ लाख रुपैया कर्जा प्रवाह गरी १ अर्ब ९१ करोड ५६ लाख रुपैया खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *