बेलायती राजकुमार ह्यारी आज फर्कने

Post Date : March 30, 2016 | 9:21 am

काठमाडौं, १७ चैत । बेलायती राजकुमार ह्यारी ११ दिने नेपाल बसाई सकेर आज स्वदेश फर्कने हुनुभएको छ । राजकुमार ह्यारी बेलुका सवा ९ बजे कतार एयरवेजको विमानबाट स्वदेश फर्कन लागेको बताइएको छ । ह्यारी हिजो गोरखाको लापु गाविसबाट काठमाडौं आउनुभएको थियो । उहाँ काठमाडौंको लैनचौरस्थित बेलायती दूतावासमै बस्नुभएको छ । नेपालमा रहँदा ह्यारीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग भेटवार्ता गर्नुभएको थियो । उहाँले भूकम्पले क्षति पुरयाएको भक्तपुर, ललितपुर र गोर्खाका विभिन्न स्थानको भ्रमण गर्नुभएको थियो । ह्यारीले पछिल्ला दिन भूकम्पले क्षति पुरयाएको गोरखाका विभिन्न विद्यालय र भौतिक संरचना निर्माणमा समेत सहभागीता जनाउनुभएको थियो । राजकुमार ह्यारी चैत ६ गते नेपालको औपचारिक भ्रमणमा आउनुभएको थियो । औपचारिक भ्रमण सकिएपछि पनि उहाँले नेपालमा बस्न चाहेको भन्दै ६ दिन बसाई लम्ब्याउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *