हिमालयन बैंकले SCT को २० प्रतिशत शेयर किन्यो

Post Date : March 25, 2016 | 9:24 am

हिमालयन बैंकले स्मार्ट च्वाइस टेक्नोलोजी प्रा.लि.को २० प्रतिशत इक्वीटी शेयर खरिद गरेको छ । हिमालयन बैंक SCT सञ्जालमा आवद्ध एटिएम तथा पिओएस (Point of Sell) बाट हुने सम्पूर्ण कारोवारको सेटलमेन्ट बैंक समेत हो । SCT को सञ्जाल भारत, भुटान र चीनमा समेत विस्तार भइरहेको छ । हाल नेपालमा SCT को सञ्जाल अन्तर्गत ५९ बैंक तथा वित्तीय संस्थाका नौसय पचासी ATM संचालन छन् । उक्त ATM मा ग्राहकले दैनिक औसत १३ करोड ५२ लाख रुपैया नगद प्रवाह गर्दै आएको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । कार्ड सेवालाई अत्याधुनिक प्रविधियुक्त बनाई वित्तीय सेवालाई उच्चस्तरको बनाउने उद्देश्यले यो सम्झौता भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *