हिमालयन बैंक र अमेरिकन एक्सप्रेससँगको सहकार्यमा पर्यटन बोर्डले ग्लोबल क्याम्पेनिङ सुरु गर्ने

Post Date : December 1, 2016 | 11:43 am

काठमाडौँ, १६ मङ्सिर । नेपालमा पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले हिमालयन बैंक र अमेरिकन एक्सप्रेससँगको सहकार्यमा ग्लोबल क्याम्पेनिङ सुरु गर्ने भएको छ ।

‘एक्सपेरियन्स नेपाल’ भन्ने नारासहित बोर्डले विश्वका दर्जनौँ बैंकमा नेपालको पर्यटन प्रवर्द्धनात्मक अभियान सुरु गर्न लागेको छ ।

नेपाल पर्यटन बोर्डले व्यापार मेला, अफलाइन र सोसियल मिडियामार्फत पर्यटन प्रवर्द्धन गर्ने जनाएको छ । बोर्डले फ्रान्स, संयुक्त अधिराज्य र जापानको नेपाली दुतावाससँगको सहकार्यमा हिमालयन बैंक र अमेरिकन एक्सप्रेससँगै नेपालको पर्यटन प्रवर्द्धन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *