हिमालयन बैंक र ट्रयांगलो सिन्डरिन बर्हाड, मलेसियाबीच सम्झौता

Post Date : July 5, 2016 | 11:18 am

काठमाडौं, २१ असार । हिमालयन बैंक र ट्रयांगलो सिन्डरिन बर्हाड, मलेसियाबीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ । हिमालयन बैंक तथा ट्रायांगलोबीचको यस सम्झौताबाट विदेशमा कार्यरत करिब २२ लाख नेपालीले सरल र सुरक्षित विप्रेषण सेवाको उपयोग गर्न पाउनेछन् । ट्रायांगलोको माध्यमबाट नेपाल आउने विप्रेषण बैंकको ४२ वटै शाखा तथा ७ हजार ५ सयभन्दा बढी हिमाल रेमिट काउण्टरबाट तत्काल भुक्तानी लिन सक्ने बैंकले जनाएको छ । हिमाल रेमिट बैंकको आफ्नै अनलाईन रेमिट्यान्स सेवा हो ।

उक्त रेमिट्यान्स सेवा सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबरा र ट्रयांगलो सिन्डरिन बर्हाडका प्रमुख कार्यकारी अधिकृत सिया हुई योंगले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *