१६औं वर्ष प्रवेशको अवसरमा रक्तदान

Post Date : June 12, 2016 | 1:01 pm

काठमाडौं । आईएमई लिमिटेडले स्थापनाको १५ वर्ष पूरा गरी १६औं वर्ष प्रवेशको अवसरमा रक्तदानसहितका विविध कार्यक्रम गरी मनाएको छ ।

सामाजिक उत्तरदायित्वअन्तरगत स्वास्थ्य सुरक्षा, सामाजिक सहयोग, शिक्षा, वातावरण जस्ता क्षेत्रमा आईएमईले सहयोग पु¥याउँदै आएको छ । आईएमईले सेन्ट्रल ब्लड डोनर सोसाइटीको सहकार्यमा पानीपोखरीस्थित केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा आईएमईका कार्यकारी अध्यक्ष, कर्मचारी, व्यावसायिक साझेदार एवम् शुभचिन्तकसहित ७९ जनाले रक्तदान गरेका छन् ।

आईएमई लिमिटेडले अहिले विश्वभरका करीब १ लाख आउटलेट एजेन्ट, नेपालभित्रका आईएमईका १ सय ४० सेन्टर र ४ हजार ८ सय अन्य आउटलेट एजेन्ट मार्फत रेमिट्यान्स सेवा दिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *