२०७४ बैशाख १६ गतेदेखि प्रत्येक एटिएम कारोबारमा एसएमएस अलर्ट अनिवार्य

Post Date : April 6, 2017 | 8:02 am

काठमाडौँ, २४ चैत । नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागले बैंक तथा वित्तीय संस्थालाई एटिएमबाट भएको प्रत्येक कारोबार सम्पन्न भएपछि अनिवार्य रूपमा सम्बन्धित ग्राहकलाई तत्काल सतर्कता सन्देश (एसएमएस अलर्ट) दिनु पर्ने निर्देशन मिति २०७३/१०/१७ को पत्रबाट दिएको थियो । निर्देशन अनुसार तीन महिनाभित्र लागू गरिसक्नु पर्ने भएकोले आगामी २०७४ बैशाख १६ गतेदेखि बैंक तथा वित्तीय संस्थाले प्रत्येक एटिएम कारोबारमा सतर्कता सन्देश पठाउनु पर्नेछ । साथै, ग्राहकले इमेलमार्फत सतर्कता सन्देश माग गरेमा सो समेत उपलब्ध गराउनु पर्नेछ ।

राष्ट्र बैंकले जारी गरेको निर्देशनमा सतर्कता सन्देश पठाए बापत शुल्क लिने वा नलिने केही उल्लेख गरिएको छैन । तर बैंक तथा वित्तीय संस्थाहरूले शुल्क लिने गरेका छन् । बैंकहरूले लिने शुल्क भने फरक फरक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *