२० प्रतिशत जनसंख्याले त बैंक नै देखेका छैनन्
– गभर्नर डा. नेपाल

Post Date : January 22, 2017 | 1:12 pm

काठमाडौँ, ८ माघ । इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको केन्द्रीय कार्यालयको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले २० प्रतिशत जनसंख्याले त बैंक नै देखेका छैनन् भन्ने कुरा औँल्याउनु भएको छ । सुदूरपश्चिमका १८ वटा जिल्लामा बैंक नै छैन । ६० प्रतिशत जनसंख्या वित्तीय पहुँच बाहिर नै छ भन्नु भयो ।

देशको ७५ जिल्लामा लघुवित्त संस्थाका एकहजार चारसय वटा शाखा रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *