५० अर्ब रुपैयाको एकवर्षे ऋणपत्र

Post Date : May 15, 2016 | 6:34 am

नेपाल राष्ट्र बैंकले आफ्नै नाममा ५० अर्ब रुपैयाको एकवर्षे ऋणपत्र जारी गर्न लागेको छ । राष्ट्र बैंकले २२ वर्षपछि ऋणपत्र जारी गर्न लागेको हो । राष्ट्र बैंकले २०४९ देखि २०५१ सालसम्म ऋणपत्र जारी गरेको थियो ।

सरकारले जारी गर्ने भन्दा राष्ट्र बैंकले जारी गर्ने यो ऋणपत्र केही फरक हुनेछ । सरकारले उठाउने ऋणपत्र बजेटमा नै व्यवस्था हुने गर्छ । राष्ट्र बैंकले तरलता व्यवस्था गर्न विभिन्न मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *