५ अर्ब रुपैयाको निक्षेप संकलन उपकरणको बोलकबोल

Post Date : August 22, 2016 | 11:25 am

काठमाडौं, ६ भदौ । नेपाल राष्ट्र बैंकले भदौ ७ गते ५ अर्ब रुपैयाको निक्षेप संकलन उपकरणको बोलकबोलको माध्यमबाट निष्काशन गर्ने भएको छ । यो ९० दिनका लागि हुने अर्थात सावा तथा ब्याज भुक्तानी २०७३/८/७ गते हुनेछ । बोलकबोल गर्न ५ करोड रुपैया र बढीमा ५ करोड रुपैयाले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्न सकिनेछ ।

यो निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *