स्ट्यान्डर्ड चार्टर्ड बैंकका ग्राहकलाई कतार एयरवेजमा छुट

Post Date : May 17, 2016 | 12:19 pm

काठमाडौं, ४ जेठ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्ना ग्राहकलाई थप सुविधा दिन कतार एयरवेजसँग व्यापारिक सम्झौता गरेको छ । सम्झौता अनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंकका ग्राहकले कतार एयरवेजको इकोनोमी क्लासमा यात्रा गर्दा ७ प्रतिशत र विजनेस क्लासमा यात्रा गर्दा १० प्रतिशत छुट पाउने छन् । यस सम्झौताले कतार एयरवेजबाट काठमाडौं र विश्वका अन्य १५१ देशमा यात्रा गर्दा लाग्ने टिकट खर्चमा बचत गर्न मद्दत पुरयाउने छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक १५० वर्ष पुरानो अन्तर्राष्ट्रिय बैंकिङ्ग समूह हो भने कतार एयरवेज १८४ विमान भएको कतारको राष्ट्रिय विमान कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *