नेपाल बंगलादेश बैंकले पिलुवा खोला दोस्रो जलविद्युत आयोजनामा लगानी गर्ने

Post Date : June 27, 2016 | 12:07 pm

काठमाडौं, १३ असार । नेपाल बंगलादेश बैंकले संखुवासभा जिल्लामा निर्माण हुन गइरहेको अपर पिलुवा खोला दोस्रो जलविद्युत आयोजनामा आफ्नो अगुवाईमा नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा लगानी गर्ने सहमती गरेको छ ।

मेन्छियम हाइड्रोपावर कम्पनी प्रा.लि.ले ४.७२ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजना २ वर्षभित्र निर्माण गर्ने लक्ष्य रहेको छ । उक्त आयोजनाको कुल लागत ८५ करोड रुपैया रहेको छ भने प्रवद्र्धक मेन्छियम हाइड्रोपावर कम्पनीले ३० प्रतिशत स्वपूँजी र बाँकी ७० प्रतिशत बैंकले ऋण लगानी गर्ने भएको छ ।

उक्त जलविद्युत आयोजनाको लगानी सम्बन्धी सम्झौतापत्रमा मेन्छियम हाइड्रोपावर कम्पनी प्रा.लि.का अध्यक्ष दिपक खड्का र नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *