कुमारी बैंक र आइ.पे. रिलायबल रेमिट्यान्स बीच विप्रेषण सम्बन्धी सम्झौता

Post Date : April 24, 2016 | 8:08 am

कुमारी बैंक र आइ.पे. रिलायबल रेमिट्यान्स बीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कुमारी बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र आइ.पे. रिलायबलका कार्यकारी निर्देशक इन्द्र प्रसाद शर्माले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता अनुसार आइ.पे. मार्फत विभिन्न मुलुकबाट आएको विप्रेषण रकम कुमारी बैंकले आफ्ना शाखा तथा एकहजारभन्दा बढी कुमारी रेमिट एजेन्टमार्फत भुक्तानी गर्न सकिने बैंकद्वारा जारी विज्ञप्तीमा जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *