माग पूरा गर्न माग गर्दै द्वन्द्वपीडितहरुबाट प्रधानमन्त्री निवास बालुवाटारअगाडि धर्ना

Post Date : March 24, 2016 | 7:47 am

माग पूरा गर्न माग गर्दै द्वन्द्वपीडितहरुबाट प्रधानमन्त्री निवास बालुवाटारअगाडि धर्ना

काठमाडौं, ११ चैत । सरकारले वास्तविक द्वन्द्वपीडितका माग सम्बोधन नगरेको भन्दै द्वन्द्वपीडितहरुले आज प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् । छैठौं सत्यको अधिकार दिवसको सन्दर्भमा द्वन्द्वपीडित साझा चौतारीले प्रधानमन्त्री निवास वालुवाटारमा धर्ना दिएको हो । धर्नामा बसेकाहरुले बेपत्ता नागरिक सार्वजनिक गर्न, मानव अधिकार सुनिश्चित गर्न र दण्डहीनताको अन्त्य गर्न सरकारसँग माग गरेका छन् । पछिल्लो समय मानव अधिकारका घटनामा तीव्रता आएको र सरकारले दोषीलाई कारवाही नगरेको भन्दै उनीहरुले पीडितलाई न्याय दिन माग गरे ।

द्वन्द्वपीडितहरुको धर्नाका कारण वालुवाटार क्षेत्रमा केही समय ट्राफिक जाम भएको थियो । ट्राफिक व्यवस्थापन गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच केही समय झडपसमेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *