विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

Post Date : March 23, 2016 | 9:28 am

विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं, ११ चैत । विश्व क्षयरोग दिवस आज विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईंदै छ । ‘टीबी रोक्न एकजुट हौं’ भन्ने नारासहित यो दिवस मनाईंदै छ । जर्मन चिकित्सक रवर्ट कुकले सन् १८८२ मार्च २४ तारिखमा टिबीको किटाणु पत्ता लगाएको दिनको सम्झनामा हरेक वर्ष मार्च २४ तारिखका दिन विश्व क्षयरोग दिवस मनाउन थालिएको हो । क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने गर्दछ । श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ । नियमित औषधी सेवन गरेमा क्षयरोग निको हुन्छ । क्षयरोगका कारण विश्वभर हरेक वर्ष १५ लाख मानिसको मृत्यु हुने गरेको छ । विश्वमा हरेक वर्ष ९० लाख नयाँ क्षयरोगी देखा पर्ने गरेको तथ्यांकले जनाएको छ ।

नेपालमा हरेक वर्ष ४५ हजार नयाँ क्षयरोगी थपिने गरेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । तीमध्ये ३० हजारले मात्र स्वास्थ्य सेवा लिइरहेका छन् । नेपालमा ८० हजार ५० जना क्षयरोगी भएको सरकारी तथ्यांक छ । नेपालमा वर्षेनी ५ देखि ७ हजार क्षयरोगीको मृत्यु हुने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *