क्यानडामा विमान दुर्घटना, सात जनाको मृत्यु

Post Date : March 30, 2016 | 9:37 am

एजेन्सी, १७ चैत । क्यानडामा एउटा सानो निजी विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । क्युबेकको पूर्वी तटमा भएको विमान दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

लिस–डे–ला–माडिलिनि विमानस्थलमा भारी हिमपात र हावा चलेका कारण विमान दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् । विमानमा क्यानडाका पूर्व यातायात मन्त्री जिन लापिरेसहितका उनका परिवारका सदस्यहरु सवार थिए । लापिरे क्यानडामा राजनीतिक विश्लेषकका रुपमा काम गर्दै आएका थिए । उनले यसअघि संसद् सदस्यका रुपमा सन् १९७९ देखि १९९३ र २००४ देखि २००७ सम्म काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *