कृषि विकास बैंकको निःशुल्क आस्वा ११० शाखाबाट
        Post Date : June 9, 2017 | 9:13 am
          
            
            
            
            
           
        
        
                  
                  काठमाडौँ, २६ जेठ । सेयर दरखास्त राख्नका लागि अति नै उपयोगी मानिएको आस्वा सेवा कृषि विकास बैंकले आफ्ना ग्राहक तथा निक्षेपकर्ताको हितलाई ध्यानमा राखी निःशुल्क रुपमा उपलव्ध गराउने भएको छ ।
कृषि विकास बैंकका हाल ११० शाखाबाट उल्लेखित सेवाको उपयोग गर्न सकिने छ, भने निकट भविष्यमा २०० भन्दा बढी शाखाबाट आस्बा सेवा सञ्चालन गर्ने गरी आवश्यक कार्यहरु समेत अगाडि बढाई सकेको बैंकका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिनुभयो । रासस

 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            