पुल बनेपछि पर्यटकलाई सहज
        Post Date : June 8, 2016 | 5:03 pm
          
            
            
            
            
           
        
        
                  
                  सोलुखुम्बु, २६ जेठ । पर्यटकीय क्षेत्र चौरीखर्कको घाटमा निर्माण भएको रु एक करोड ७७ लाखको झोलुङ्गे पुल स्थानीयवासीलाई हस्तान्तरण गरिएको छ ।
ब्रिटिस गोर्खा वेल्फेर, कादुरी एग्रीकल्चरल एन्ड एसोसियसन, ब्रिटिस गोर्खा नेपालको रु एक करोड ५५ लाख, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको रु आठ लाख तथा स्थानीय जनश्रमदानबाट रु १४ लाख बराबरको सहयोगमा सो पुलको निर्माण कार्य सम्पन्न भएको हो ।
चौरीखर्क– ६ घाट, वडा नम्बर ७ र ९ जोडिने दूधकोसी पुलको निर्माण कार्य सम्पन्न भएको छ । उक्त पुलको लम्बाइ १२३ मिटर रहेको छ । पुल निर्माणपश्चात् स्थानीय र पर्यटकलाई आवागमनमा सहज भएको निर्माण समितिका अध्यक्ष मिङमार छिरिङ शेर्पाले बताउनुभयो । रासस

 
                                             
                                             
                                             
                                             
                                             
                                            