प्रभु बैंकको शाखा काठमाडौँको गोठाटारमा
        Post Date : December 9, 2016 | 1:45 pm
          
            
            
            
            
           
        
        
                  
                  काठमाडौँ, २४ मङ्सिर । आजदेखि काठमाडौँको गोठाटारमा पभु बैंकले नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले एक समारोहका बिच उक्त शाखा कार्यालयको समुद्घाटन गर्नुभएको हो । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्ये न्युरोड शाखा कार्यालयलाई गोठाटारमा स्थानान्तरण गरिएको हो ।
यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको विज्ञप्तीमा जनाइएको छ ।


 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            