विकास ऋणपत्र बिक्री खुल्ला
        Post Date : April 21, 2016 | 7:39 pm
          
            
            
            
            
           
        
        
                  
                  नेपाल राष्ट्र बैंकले १३ अर्ब रुपैयाको विकास ऋणपत्र बिक्री खुल्ला गरेको छ । परिपक्व हुने अवधि १३ वर्ष तोकिएको विकास ऋणपत्र २०८६ विक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने र बोलकबोलको माध्यमद्वारा ब्याजदर निर्धारण हुने ऋणपत्रको साँवा भुक्तानी २०८६ साल बैशाख १० गते रहेको छ ।

 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            